एनआईसीले भन्यो– राष्ट्र बैंकले छानबिन गरिरहेको भन्ने भ्रम फैलाइयो
काठमाडौँ । राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई छानबिन गरिरहेको भन्ने समाचार गलत भएको एनआईसी एसिया बैंकले जनाएको छ ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै एनआईसी बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरूमा प्रकाशित समाचारहरूमा कनै सत्यता नभएको जानकारी दिएको छ ।
‘हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरिवेक्षण चलिरहेको र उक्त सुपरिवेक्षण नेपाल राष्ट्र बैंकको नियमित Calendar अन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरूले कपोकल्पित रूपमा नेपाल राष्ट्र बैंकले यस बैंकको Investigation गरिरहेको र सो क्रममा बैंकमा ठुला कमजोरी तथा कैफियतहरू पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरू प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।
साथै संस्थागत सुशासन, प्रचलित कानुन तथा नियमनकारी व्यवस्थाहरूको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरूको हकहितको सम्वद्र्धनको विषयलाई बैंकले सधैँ उच्च प्राथमिकतामा राखेको बताएको छ ।