नेपाललाई पाँचौँ झट्का, १५ रन बनाएर आउट भए कुशल मल्ल

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल १५ रन बनाएर आउट भएका हुन् । यसअघि कप्तान रोहित पौडेल १, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले २०.४ ओभरमा ५ विकेट गुमाएर ६८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *