पीएसएल एक्सन स्पोर्टस एचडी वान र टूमा प्रत्यक्ष प्रशारण

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट डिसहोममार्फत नेपाली दर्शकहरुले हेर्न पाउने भएका छन् । शनिबारदेखि सुरुहुन लागेको पीएसएल डिसहोममार्फत एक्सन स्पोर्टस एचडी वान र टूमा प्रत्यक्ष प्रशारण हुन लागेको हो । पछिल्लो समय डिसहोमले नेपालले घरेलु मैदानमा खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै मोफसलमा भएका गोल्डकप पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

पीएसएल शनिबार गद्दाफी स्टेडियममा डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स र दुई पटकको च्याम्पियन इस्लामाबाद युनाइटेडबीचको खेलबाट सुरुहुने छ । पीएसएलमा तीन प्लेअफ र फाइनल गरी कुल ३४ खेल हुनेछन् । पाकिस्तानको यो प्रिमियर टी-२० क्रिकेट प्रतियोगिताको ९ औं संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पीएसएल २०२४ को फाइनल खेल १८ मार्चमा नेशनल स्टेडियम, कराँचीमा हुनेछ ।

प्रत्येक टोलीले लिग चरणमा डबल राउण्ड रोबिन फम्र्याटमा १० खेल खेल्नेछन् । त्यसपछि, लिग चरण समाप्त भएपछि, अंक तालिकाको शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन्, जसको विजेता सीधै फाइनलमा पुग्ने छ । लिग चरणको तेस्रो र चौथो टोली पहिलो इलिमिनेटरमा भिड्नेछन्। यसपछि, एलिमिनेटरको विजेता टोलीले फाइनलमा स्थान सुनिश्चित गर्न क्वालिफायरको हार्ने टोलीसँग फेरि प्रतिस्पर्धामा उत्रिने छ ।

गत वर्ष पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदीको टोली लाहोर कलन्दर्सले फाइनलमा मोहम्मद रिजवानको मुल्तान सुल्तान्सलाई १ रनले पराजित गर्दै लगातार दोस्रो पटक पीएसएलको उपाधि जितेको थियो । इस्लामाबाद युनाइटेड र लाहोर कलन्दर्स पीएसएलको सबैभन्दा सफल टोली हुन् । बाबर आजमको पेशावर जाल्मी बाहेक कराँची किंग्स, मुल्तान सुल्तान्स र क्वेटा ग्लाडियटर्सले एक-एक पटक उपाधि जितेको छ ।

पीएसएल २०२४ पछि पाकिस्तानी क्रिकेट टोली चार खेलको टी २० शृंखलाका लागि इंग्ल्याण्ड जाने छ । त्यसपछि पाकिस्तान क्रिकेट टोली जुनमा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि वेस्ट इन्डिज र अमेरिका प्रस्थान गर्नेछ ।

पाकिस्तान सुपर लिगको तालिका

फेब्रुअरी १७ः लाहोर कलन्दर्स विरुद्ध इस्लामाबाद युनाइटेड – राति सवा ८ बजे।

फेब्रुअरी १८ः क्वेटा ग्लेडिएटर्स विरुद्ध पेशावर जाल्मी – पौने ३ बजे।

फेब्रुअरी १८ः मुल्तान सुल्तान्स विरुद्ध कराँची किंग्स – राती सवा ८ बजे।

फेब्रुअरी १९ः लाहोर कलन्दर्स विरुद्ध क्वेटा ग्लेडिएटर्स – राति सवा ८ बजे

फेब्रुअरी २०ः मुल्तान सुल्तान्स विरुद्ध इस्लामाबाद युनाइटेड – राति सवा ८ बजे

फेब्रुअरी २१ः पेशावर जाल्मी विरुद्ध कराँची किंग्स – दिउँसो पौने ३ बजे

फेब्रुअरी २१ः मुल्तान सुल्तान्स विरुद्ध लाहोर कलन्दर्स – राति सवा ८ बजे

फेब्रुअरी २२ः क्वेटा ग्लेडिएटर्स विरुद्ध इस्लामाबाद युनाइटेड – राति सवा ८ बजे

फेब्रुअरी २३ः मुल्तान सुल्तान्स विरुद्ध पेशावर जाल्मी – राति सवा ८ बजे

फेब्रुअरी २४ः लाहोर कलन्दर्स विरुद्ध कराँची किंग्स – दिउँसो पौने ३ बजे

फेब्रुअरी २५ः मुल्तान सुल्तान्स विरुद्ध क्वेटा ग्लेडिएटर्स – राती ८ बजे

फेब्रुअरी २५ः लाहोर कलन्दर्स विरुद्ध पेशावर जाल्मी – राति सवा ८ बजे

फेब्रुअरी २६ः पेशावर जाल्मी विरुद्ध इस्लामाबाद युनाइटेड – राति सवा ८ बजे

फेब्रुअरी २७ः लाहोर कलन्दर्स विरुद्ध मुल्तान सुल्तान्स – राति सवा ८ बजे

फेब्रुअरी २८ः कराँची किंग्स विरुद्ध इस्लामाबाद युनाइटेड – राति सवा ८ बजे

फेब्रुअरी २९ः कराँची किंग्स विरुद्ध क्वेटा ग्लेडिएटर्स – राति सवा ८ बजे

मार्च २ः पेशावर जाल्मी विरुद्ध लाहोर कलन्दर्स – दिउँसो पौने ३ बजे।

मार्च २ः इस्लामाबाद युनाइटेड विरुद्ध क्वेटा ग्लाडिएटर्स – राति सवा ८ बजे

मार्च ३ः कराँची किंग्स विरुद्ध मुल्तान सुल्तान्स – राति सवा ८ बजे

मार्च ४ः इस्लामाबाद युनाइटेड विरुद्ध पेशावर जाल्मी – राति सवा ८ बजे

मार्च ५ः पेशावर जाल्मी विरुद्ध मुल्तान सुल्तान्स – राति सवा ८ बजे

मार्च ६ः क्वेटा ग्लेडिएटर्स विरुद्ध कराँची किंग्स – दिउँसो २ः३० बजे

मार्च ६ः इस्लामाबाद युनाइटेड विरुद्ध लाहोर कलन्दर्स – राति सवा ८ बजे

मार्च ७ः इस्लामाबाद युनाइटेड विरुद्ध कराँची किंग्स – राति सवा ८ बजे

मार्च ८ः पेशावर जाल्मी विरुद्ध क्वेटा ग्लेडिएटर्स – राति सवा ८ बजे

मार्च ९ः कराँची किंग्स विरुद्ध लाहोर कलन्दर्स – राति सवा ८ बजे

मार्च १०ः इस्लामाबाद युनाइटेड विरुद्ध मुल्तान सुल्तान्स – दिउँसो २ः३० बजे

मार्च १०ः क्वेटा ग्लेडिएटर्स विरुद्ध लाहोर कलन्दर्स – राति सवा ८ बजे

मार्च ११ः कराँची किंग्स विरुद्ध पेशावर जाल्मी – राति सवा ८ बजे

मार्च १२ः क्वेटा ग्लेडिएटर्स विरुद्ध मुल्तान सुल्तान्स – राति सवा ८ बजे

मार्च १४ः क्वालिफायर (१ विरुद्ध २) – राति सवा ८ बजे

मार्च १५ः एलिमिनेटर १ (३ विरुद्ध ४) – राति सवा ८ बजे

मार्च १६ः एलिमिनेटर २ (एलिमिनेटर विजेता विरुद्ध क्वालिफायर उपविजेता) – राति सवा ८ बजे

मार्च १८ : फाइनल – राति सवा ८ बजे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *