नेपाललाई पहिलो झट्का, आसिफ शेख आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टियू मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ शेख १७ रनमा आउट भए । उनलाई नेदरल्याण्ड्सका भिभियन किङ्माले आउट गरे । अहिले कुशल भूर्तेल र अनिल साहले ब्याटिङ गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले १०.१ ओभरमा १ विकेटको क्षतिमा ४४ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *