आसिफ र अनिलपछि कुशल मल्ल २ रनमा आउट

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टियू मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल २ रनमा आउट भए । उनलाई नेदरल्याण्ड्सका आर्यन दत्तले आउट गरे । अहिले कुशल भूर्तेल र कप्तान रोहिटत कुमार पौडेलले ब्याटिङ गरिरहेका छन् ।

यसअघि अनिल साह ७ र आसिफ शेख १७ रनमा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले १५.२ ओभरमा ३ विकेटको क्षतिमा ६६ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *