BYD ले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किमको योजना
काठमाडौँ । नेपालको लागि BYD auto industry को आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले UEFA EURO 2024 को अवसर पारी ‘नेपाली अब यूरो कपमा’ स्किम योजना ल्याएको छ ।
BYD, UEFA EURO 2024को अधिकारीक e-mobility पार्टनर भएकाले, यस स्किमले BYD का फुटबल प्रेमी ग्राहकहरुलाई जर्मनीमा गई प्रत्यक्ष UEFA EURO 2024 का रोमान्चक खेलहरु हेर्ने मौका पाउने कम्पनीले बताएको छ ।
कम्पनीले युरो २०२४™️ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका दस विश्व–प्रसिद्ध स्टेडियमहरूमा भव्यताका साथ आयोजना गरिने बताएको छ । UEFA (Union of European Football Associations) र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता BYD बीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी सम्झौता भएको कम्पनीले बताएको छ ।
Cimex Inc.Pvt. Ltd.का अनुसार ११ भाग्यशाली विजेताहरुले UEFA EURO 2024मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन् । यस स्किमद्वारा आफ्ना प्रिय ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य BYD ले राखेको छ ।
Cimex Inc. Pvt. Ltd., विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको छ ।