पर्यटनमा पूर्वाधारको महत्त्व

विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी र सञ्चारलगायतलाई मान्ने गरिन्छ । तर, नेपालजस्तो विविधताले भरिपूर्ण देशमा पर्यटनको सम्भावना अधिक रहेतापनि पर्यटनलाई विकासको पूर्वाधारमा राखिएको छैन । पर्यटनले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन भूमिका खेल्दछ भन्ने परिभाषा करिब-करिब सर्वमान्य हुन थालेको छ । पर्यटकको सेवा सुविधामा आवश्यक पर्ने भौतिक संरचनालाई नै पर्यटनको पूर्वाधार मानिन्छ । जस्तै यातायात, वासस्थान (आवास), सूचना व्यवस्था भौतिक संरचना आदिलाई पर्यटकीय पूर्वाधार मानिन्छ । यस्ता पर्यटकीय पूर्वाधारहरूको उपभोग पर्यटनसँग सम्बन्धित पक्ष र स्थानीय बासिन्दा दुवैले गर्दछन् ।

पर्यटकले आफ्नो स्थान छाडेर कुनै पनि गन्तव्यवस्थलमा जान तयार पार्न सञ्चारले प्रमुख भूमिका खेलेको हुन्छ । उनीहरुले सञ्चारको माध्यमबाट पर्यटकीयस्थलको बारेमा जानकारी प्राप्त गरेपछि सो ठाउँमा पर्यटक बनेर जान सर्वप्रथम पूर्वाधारको खोजी गर्दछन् । पर्यटकलाई इच्छित गन्तव्यस्थलमा पु-याउने कार्य यातायातले गर्दछ । यातायातको सहयोगमा पर्यटक त्यस स्थानमा पुगेर पर्यटनका क्रियाकलापहरू गर्ने गर्दछन् । गोरेटो, घोडेटो, सडक, पुल, बसपार्क, रेल स्टेशन, विमानस्थल नै यातायातका लागि आवश्यक पूर्वाधारहरू हुन् । यस्ता पूर्वाधारहरूको विकासले नै आवागमनमा सहज बनाउनका साथै टाढाका ठाउँलाई नजिक भएको महसुस गराउने भूमिका खेल्दछ । पर्यटकहरूले स्थान छनौट गर्दा यातायातको उपलब्धता छ/छैन भन्ने कुरालाई पहिलो प्राथमिकता दिने गर्दछन् । जुन स्थानमा छिटोछरितो र सहज ढङ्गले पुग्न सकिन्छ त्यस्ता स्थललाई नै आफ्नो गन्तव्यस्थल चुन्ने गर्दछन् । किनभने पर्यटकहरू आफ्नो दैनिक व्यस्त समयबाट केही समय फुर्सद निकालेर आनन्दपूर्वक नयाँ स्थलमा गएर बिताउने चाहनाले पुग्न सम्भव र सहज गन्तव्यस्थललाई छान्ने गर्दछन् ।

यसैगरी पर्यटकका लागि अर्को भौतिक पूर्वाधार वासस्थान पनि हो । कुनै पनि व्यक्ति पर्यटक बनेर गन्तव्यस्थलमा जानु पूर्व उसले उसका लागि त्यस स्थानमा पुगेपछि वासस्थानको सुविधा उपलब्ध छ/छैन भन्ने जानकारी लिन्छ । यदि त्यस स्थलमा पुग्न यातायातको सुविधा पनि छ । पर्यटकीय विभिन्न संरचना पनि छ तर त्यस स्थानमा पर्यटकका लागि वासस्थानको व्यवस्था छैन भने उ त्यस स्थानसम्म अर्थ खर्च गरेर जान तयार हुँदैन । पर्यटक जहाँ पुग्छन् त्यहाँ उनीहरु स्वाभाविक रुपमा सुविधायुक्त र सुरक्षित वासस्थानको चाहना राख्छन् । पर्यटकका लागि खाने, बस्ने, सुत्ने सुरक्षित र शान्त वातावरणयुक्त वासस्थानको निर्माण हुनुपर्छ । पर्यटक पुगेको ठाउँमा असुविधा भयो भने त्यस स्थानमा पर्यटक पुनः फर्केर जाँदैनन् । जहाँ उनीहरुले सुविधा पाउँछन् त्यसै स्थानमा जान्छन् । चाहे त्यो बारम्बार गइरहने पुरानै स्थल नै किन नहोस् । लज, होटेल, होमस्टे, भरिया, पाटी, गाडीघर, क्याम्पिङ्ग साइट आदि वासस्थान/आवास अन्तर्गत पर्दछन् ।

पर्यटकहरूले स्थान छनौट गर्दा यातायातको उपलब्धता छ/छैन भन्ने कुरालाई पहिलो प्राथमिकता दिने गर्दछन् । जुन स्थानमा छिटोछरितो र सहज ढङ्गले पुग्न सकिन्छ त्यस्ता स्थललाई नै आफ्नो गन्तव्यस्थल चुन्ने गर्दछन् । किनभने पर्यटकहरू आफ्नो दैनिक व्यस्त समयबाट केही समय फुर्सद निकालेर आनन्दपूर्वक नयाँ स्थलमा गएर बिताउने चाहनाले पुग्न सम्भव र सहज गन्तव्यस्थललाई छान्ने गर्दछन् ।

वर्तमान समय सूचना प्रविधिको युग भनेर मान्ने गरिन्छ । अहिलेको समयमा कोही व्यक्ति त्यस्ता छैनन् जो सूचना प्रविधिबाट टाढा रहन चाहन्छन् । यस्तै पर्यटन विकासमा पनि सूचना प्रविधिले भूमिका खेल्दछ । कतिपय पर्यटकहरू आफ्नो देश वा आफ्नो स्थान, परिवार, साथीसङ्गी, नातेदारबाट टाढा आएका हुन्छन् । त्यस समयमा उनीहरु आफ्नो घर परिवारसँग सम्पर्क रहिरहोस् भन्ने चाहन्छन् । उनीहरु आफूले पर्यटकीय स्थलमा अनुभूत गरेका अनुभव, परिस्थिति अनुसारका जानकारी आफ्ना सम्बन्धित व्यक्तिहरूमा सूचना अद्यावधिक (अपडेट) गराउन चाहन्छन् । त्यसका लागि उनीहरूलाई इमेल, इन्टरनेट, फोन, आदिको उपलब्ध हुनुपर्दछ । जसको माध्यमबाट सहज रूपले उनीहरूलाई आफ्ना सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्न मद्दत पुग्दछ । यसैगरी पर्यटकहरू जुनसुकै ठाउँमा पर्यटक बनेर गएपनि पर्यटकका क्रियाकलाप साथसाथै उनीहरु देश विदेशमा के भइरहेको छ त्यसप्रति पनि जानकार भइरहन चाहन्छन् । यसैले उनीहरूका लागि पर्यटकीय स्थलमा टिभी, रेडियो, समाचारपत्रहरूको उपलब्धता हुनु पनि आवश्यक हुन्छ । साथै, उनीहरूलाई तत्काल बसिरहेको स्थानको पर्यटनसम्बन्धी जानकारीका लागि पर्यटक सूचना केन्द्र, इन्टरनेट, संग्राहलय, साइनबोर्ड, पोस्टर, ब्रोसर आदिको व्यवस्था हुनुपर्दछ ।

पर्यटकलाई आकर्षित गर्न पर्यटकीयस्थलको वातावरणले पनि भूमिका खेलिरहेको हुन्छ । पर्यटक जहाँ पुग्छन् त्यहाँ उसले सफा, सुग्घर र सही व्यवस्थापनको चाहना राख्दछ । पर्यटकीय क्षेत्र सफा, स्वच्छ हुनका साथै त्यस स्थानमा पर्यटकका लागि आचारसंहिता पनि हुनुपर्दछ । पर्यटक आफ्नो स्वास्थ्यअनुकूल पर्यटकीयस्थल छनौट गर्दछ । मानिसको आफ्नो–आफ्नो प्रकारको स्वास्थ्यस्थिति हुन्छ । कोही व्यक्तिलाई अति जाडो वा अति गर्मी उपयुक्त हुँदैन । त्यस्तो स्थितिमा उनीहरु आफूअनुकूलका पर्यटकीय गन्तव्यस्थल पहिचान गरेर घुम्न जान्छन् । पर्यटकहरूका लागि पर्यटकीयस्थल छेउछाउ वा त्यस स्थलमा अस्पताल स्वास्थ्य चौकी, उद्धार सेवा केन्द्र आदिको सुविधा हुनुपर्छ । यदि त्यस प्रकारका सुविधा तत्काल उपलब्ध नभएको खण्डमा पर्यटकले धेरै कठिनाइ भोग्नुका साथै मृत्युसम्म हुन सक्छ । अतः त्यस्तो ठाउँमा जान पर्यटकहरू प्रेरित हुँदैनन् ।

पर्यटक बनेर गन्तव्यस्थलसम्म पुगेपछि उनीहरूलाई अलमल्याउने र आकर्षित गर्न विभिन्न मनोरञ्जनका साधन वा भौतिक संरचनाको आवश्यकता पर्दछ । नेपाल विश्वमै विविधताले भरिपूर्ण देशको नामले प्रख्यात छ । नेपालको सम्पदा भनेको यहाँका संस्कृति, रीतिरिवाज, ऐतिहासिक धरोहर, सगरमाथा, हिमाल, पहाड, हिमनदी, नदीनाला, झरना, मठ मन्दिर, ताल, गुफा, वन जङ्गल, वनस्पति र प्राणीहरू, धर्म, रहनसहन, चाडपर्व, खानपिन आदि हुन् । यही चिजहरूलाई हेर्न पनि विदेशी पर्यटक नेपाल आउँछन् । तर, त्यही चिजलाई संरक्षण र संवर्द्धन गरी आकर्षणको केन्द्र बनाउन भने जरुरी हुन्छ । यसैलाई पर्यटकीय पूर्वाधारको रुपमा विकास गर्नु पर्दछ । एक पटक पर्यटकले कुनै पनि कुराको अनुभव गरेपछि पुनः त्यसप्रति आकर्षित नहुन पनि सक्छ यो कुरालाई पनि ध्यानमा राखेर पर्यटकीयस्थलका सरोकारवालाहरूले आफ्नो स्थलमा पटक–पटक आउँदा पनि नयाँपन पस्किने प्रयास भने गर्न जरुरी हुन्छ । यसो भएको खण्डमा मात्र पर्यटक फेरी फेरी पनि त्यस स्थलमा जान राजी हुन्छन् ।

वर्तमान समय सूचना प्रविधिको युग भनेर मान्ने गरिन्छ । अहिलेको समयमा कोही व्यक्ति त्यस्ता छैनन् जो सूचना प्रविधिबाट टाढा रहन चाहन्छन् । यस्तै पर्यटन विकासमा पनि सूचना प्रविधिले भूमिका खेल्दछ । कतिपय पर्यटकहरू आफ्नो देश वा आफ्नो स्थान, परिवार, साथीसङ्गी, नातेदारबाट टाढा आएका हुन्छन् । त्यस समयमा उनीहरु आफ्नो घर परिवारसँग सम्पर्क रहिरहोस् भन्ने चाहन्छन् ।

पर्यटनलाई भौतिक पूर्वाधारका साथसाथै मानवीय व्यवहारले पनि प्रभाव पार्दछ । आजसम्म हामीले पर्यटकलाई भौतिक पूर्वाधारले प्रभाव पार्ने बारेमा मात्र सोचेर सोहीअनुरूप कदम चालेका छौं । तर, अब भने नयाँ ढङ्गले सोच्नु पर्छ । हामी आर्थिक रूपले सम्पन्न नभएता पनि प्राकृतिक रूपले सम्पन्न छौं । हामीसँग प्राकृतिक धरोहर संरचना हुँदाहुँदै पनि हामीले त्यसैलाई पस्किन सकेका छैनौँ तर हामीसँग भौतिक र कृत्रिम संरचना पूर्वाधार छैन भन्ने सोच्छौँ । तर केही मुलुकले नेपालको जस्तो प्राकृतिक अनुभूति गराउने खालका कृत्रिम धरोहरहरू बनाउन कयौं रकम खर्च गरेर पूर्वाधार निर्माण गर्न प्रयास गरेको सुनिन्छ । तर, हामीलाई प्रकृतिले उपहारस्वरुप दिएको धरोहरलाई भने जोगाउन तर्फ सोच्दैनौँ । हामीले आफूसँग भएको धरोहरलाई संरक्षण गर्न नै भुलिसकेको छौं तर अब हामी यसप्रति जाग्नु भने जरुरी छ आफूसँग जे चिज छ त्यसलाई अझ उत्कृष्ट बनाएर प्रस्तुत गर्नु पर्दछ । नेपालमा प्रायःजसो विदेशी पर्यटक आउने गर्दछन् । उनीहरु आफ्नो देशमा नै भौतिक संरचनाहरूको उपभोग गरिसकेका हुन्छन् । कतिपय पर्यटक त्यस्ता जीवनबाट केही समय प्राकृतिकपनमा रमाउने चाहनाले यहाँ आएका हुन्छन् । उनीहरूलाई हामीले यहाँ कृत्रिम पूर्वाधार दिन खोज्यौँ भने त्यो उनीहरूका लागि मूल्यवान् नहुन सक्छ तर हामीले उनीहरूलाई त्यो यहाँको मौलिक चिजबिज पस्कियौँ भने उनीका लागि त्यो मूल्यवान् र नयाँपन हुन्छ । यसप्रति पनि हामीले सोच्नुपर्दछ ।

धरानबाट करिब १७ किलोमिटर उत्तरतर्फ रहेको भेडेटार पर्यापर्यटनको केन्द्र मानिन्छ । यस केन्द्रमा पूर्वाञ्चलवासी मात्र नभएर नेपालको राजधानी वा अन्य स्थानका साथै भारतका विभिन्न ठाउँबाट पनि पर्यटकहरू आउने गर्दछन् । यस स्थानको पर्यटकीय पूर्वाधार भनेको प्राकृतिक मनोरम दृश्य र प्राकृतिक सुन्दरता नै हो । यहाँको प्राकृतिक मौसमको मज्जा लिन नै पर्यटकको भिड लाग्ने गर्दछ । यस स्थानमा पर्यटकका लागि भौतिक संरचना नभएतापनि यहाँको प्राकृतिक सुन्दरताले नै पर्यटकलाई भेडेटारतर्फ तान्दछ । यसैले भौतिक संरचना मात्र पर्यटनको पूर्वाधार मान्न उचित हुँदैन । यस्तै यस स्थानमा पुग्न सम्भव यातायात सडकको सुविधा पनि राम्रो छ । तर, यस स्थानसम्म पुग्ने यातायातको भने व्यवस्था गरिएको भने पाइँदैन । प्रायःगरी यस स्थानमा पुग्न आफ्नो सवारी साधन हुनैपर्ने वा रिजर्भ गरेर जानु पर्दछ । यस स्थानसम्म चल्ने दैनिक रुटको यातायातको सुविधा नहुनाले कतिपय व्यक्तिहरू यस स्थानमा पुग्ने चाहना हुँदाहुँदै पनि आफ्नो इच्छालाई कुण्ठित गर्दछन् ।

धनकुटा, हिले, वसन्तपुर वा राजारानी, मौनाबुधुक वा तेह्रथुम जाने यातायातमा नै भेडेटार जाने पर्यटक चढ्नु पर्दछ । तर, उनीहरु त्यस यातायातको साधनबाट नै जान खोज्दा न सिटको राम्रो व्यवस्था हुन्छ न व्यवहार नै राम्रो हुन्छ । उनीहरुले भेडेटारसम्म पुग्न पनि हिलेसम्म जाने भाडादर तिर्नुपर्ने बाध्यता हुन्छ । यस्तो स्थितिमा पर्यटनको विकास कसरी हुन्छ ? भेडेटार नजिकका पर्यटकहरू त जसोतसो व्यवस्था गरेर जालान् तर भेडेटारको नाम सुनेर टाढाबाट आउने पर्यटकहरूले कसरी व्यवस्थापन गर्लान् । उनीहरूलाई यसतर्फ नैराश्यता उत्पन्न हुनसक्छ । अनि उ आफ्नो स्थानमा फर्केर गएपछि यहाँको प्रचार नकारात्मक नहोला भन्न सकिन्न । हामी नेपालबाहिरबाट पर्यटक ल्याउने भनेर पहल त गर्छौ तर यति सानो कुरामा भने विचार पुर्‍याउँदैनौ । यसप्रति सम्बन्धित पक्ष वा अन्य कुनै निकायले ध्यान पुर्‍याएको देखिँदैन । अहिले यदाकदा मारुती भेनहरुले प्रतिव्यक्तिका दरले भेडेटार लाने लैजाने गरेको भने सुनिन्छ ।

पर्यटनको पूर्वाधारको कुरा गर्दा भौतिक संरचना, भौतिक पूर्वाधारका साथसाथै पर्यटकसँगको व्यवहारले पनि भूमिका खेल्दछ । पर्यटकका लागि पुग्न सम्भव यातायात, बस्नका लागि वासस्थान, मनोरञ्जन गर्नका लागि भौतिक सुविधा, सूचना प्रविधिको व्यवस्था आदि इत्यादि कुराहरू भरपुर छ तर त्यहाँका मानिसको व्यवहार राम्रो छैन, पर्यटकले त्यस स्थानमा दुर्व्यवहार सहनुपर्ने, नराम्रो वचन सुन्नुपर्ने स्थिति छ, पर्यटकलाई बेवास्ता गरिन्छ उनीहरूलाई मजाक बनाइन्छ भने त्यस स्थानमा न त पर्यटक पुनः फर्केर जान्छन् न पर्यटनको कल्पना गर्न सकिन्छ । यसैले हामीले अब पर्यटन विकासका लागि सुविधासम्पन्न भौतिक संरचना पूर्वाधारको कल्पनाका साथै पर्यटनमैत्री व्यवहार, आचरणको पनि विकास गर्दै जानुपर्दछ । अनि मात्र पर्यटनको विकास सही र व्यवस्थित ढङ्गले हुन्छ । यसका लागि कुनै एक पक्षमात्र जागरूक भएर सम्भव हुन्न यसका लागि सबै पक्षले हातमा हात काँधमा काँध मिलाउन भने अत्यावश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *