सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरूलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंककाअनुसार महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकलेकारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
यस कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित कुनै पनि माध्यमहरूबाट सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
फोन नं : ०१–५९७००२०
इमेल : [email protected]
हेल्पडेस्क : www.siddharthabank.com/helpdesk
भाइबर : https://chats.viber.com/siddharthabankcustomercare
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।