सूर्यज्योति लाइफद्वारा सिलाई कटाई तालिमको लागी मेशिन तथा सामाग्री वितरण

नवलपरासी । सूर्यज्योति लाइफले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फूलबारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमूलक सिलाई कटाई तालिम सञ्चालन गर्ने उद्देश्यले १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामाग्रीहरू हस्तान्तरण गरेका छ ।

उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तीय साक्षरता, सिपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

फूलबारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरू सहित रोटरी क्लब नवलपरासीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए ।

साथै फूलबारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतिको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *