धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ : डा. रामवरण यादव

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।

मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले धार्मिक कार्यक्रमहरूमा समेत राजनीति गर्नेहरूलाई सामल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए । उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए ।

उनले भने ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ । धार्मिक कार्यक्रमहरूमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरूमा समेत नेता कार्यकर्ताहरूलाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हबको रुपमा विकास गर्न तत्पर रहेको बताए । उनले मधेसलाई धार्मिक पर्यटनको हबको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक साबित हुनसक्ने बताए ।

यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरूलाई व्यवस्थित तुल्याउनका लागि बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *