नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरू, बीमा अभिकर्ताहरू, सञ्चालक पदाधिकारीहरू, कर्मचारीहरू, माया, शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८१ को अग्रीमशुभकामना समेत व्यक्त गरेका छन् ।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए । साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।

‘किनकि जीवन अमूल्य छ’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरूको घर दैलोमा जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० पौष मसान्त सम्ममा लगानी १८७.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ३३ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप—प्रादेशिक कार्यालय र १८५ वटा शाखा÷उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु २४४.२९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *