महालक्ष्मी बैंकको दुई दिने कार्यगोष्ठी सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले मिति २०८० फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय कार्यालयका कर्मचारीहरू र शाखा प्रबन्धकहरूको उपस्थितिमा ‘नेतृत्व÷सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता’ नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको छ ।

उक्त कार्यगोष्ठी÷सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकता बीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरू समेत गरिएको थियो ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *