प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्त्वपूर्ण : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

‘पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्त्वपूर्ण छ, उनी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति गर्दथे,’ नेता सिंहले भने ।

जोशीले उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले उल्लेख गरे ।‘जोशी कांग्रेसमा रहेर विचार प्रदान गर्थे, उनी कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति थिए,’ नेता सिंहले भने । जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *