बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
मकालु खबर
२०८० चैत १९ गते
काठमाडौं । बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।
२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएका हुन् ।
आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमतले स्वीकृत भएको हो ।
११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत पाए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका छन् ।
प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।
मकालु खबर
२०८० चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित