थाइल्यान्डमा सागरको तीन राष्ट्रिय कीर्तिमान
मकालु खबर
२०८० चैत २९ गते
थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।
सागरले स्न्याचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार वहन गर्दैै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्।
सागरको नाममा स्न्याच १३३ केजी, क्लिन एन्ड जर्कमा १७१ केजी र कुलमा ३०३ केजीको राष्ट्रिय कीर्तिमान थियो । स्न्याच र कुलमा सागरले १९ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए।
क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्वेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए।
मकालु खबर
२०८० चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित