चलचित्र ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो छायांकन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन सुरु गरेका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ सुरु गरेका हुन् । फिल्ममा अध्यक्ष ओलीको भुमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् ।

केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका थिए । छायांकनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै फिल्म निर्देशक रमित ढुङ्गानाले चलचित्रमा ६५ जना कलाकारहरू रहेको बताए । उनले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताए ।

उनले भने ‘यो फिल्मको नाम किन नमेटिने घाउ भनेर सोधिने गरिन्छ । किनभने शरीरमा जुन एसिड पर्छ, त्यो शरीरमा परेपछि जतिसुकै सर्जरी गरेपनि नमेटिने भएकाले त्यसको नाम नमेटिने घाउ राखिएको हो । कसैको जीवनीमाथि आधारित छ । एउटा चलचित्र लाग्छ, तर यो चलचित्र भित्र ५ वटा चलचित्र छ । अध्यक्ष ओलीज्यूको अभिनयसँगै आज ५१ दिनमा आएर चलचित्रको छायांकन सकिएको छ ।’

सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *