पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा
मकालु खबर
२०८१ वैशाख १७ गते
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ २ हजार ८ सय ५३ मतको अग्रता बनाएका हुन् ।
उनले ९ हजार ४ सय ८४ मत पाउँदा पछ्याउने कांग्रेसका डम्बर खड्काले ६ हजार ६ सय ३१ मत पाएका छन् । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बूले १४०१ मत पाएका छन् ।
मकालु खबर
२०८१ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित