ट्वान्टी-२० शृंखला
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल आज
मकालु खबर
२०८१ वैशाख २२ गते
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँचौं तथा अन्तिम खेल हुँदैछ । टियु मैदानमा हुने यो खेल मध्यान्न सवा १२ बजेदेखि सुरु हुने भएको हो ।
ट्वान्टी-२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो ।
बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो । जितसँगै वेस्ट इन्डिजले ३-१ को अग्रतासहित शृंखला पक्का गरेको हो । त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।
नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
मकालु खबर
२०८१ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित