साताको पहिलो दिन नै बढ्यो सुनको मूल्य
मकालु खबर
२०८१ वैशाख ३० गते
काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३८ हजार ४ सय निर्धारण भएको छ ।
तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३७ हजार ७ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय २५ निर्धारण भएको छ ।
मकालु खबर
२०८१ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित