मिल्स कपमा देव खनालको आक्रामक ब्याटिङ, ३० बलमै हाने शतक
मकालु खबर
२०८१ वैशाख ३१ गते
काठमाडौं । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा देव खनालले आक्रामक पारि खेलेका छन् ।
उनको आक्रामक शतकसँगै विराटनगरको वाइआरसीसी क्रिकेट क्लब मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ ।
देवले ३० बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन बनाएका थिए ।
विराटनगर जुट मिलको खेल मैदानमा सोमबार सम्पन्न पहिलो खेलमा वीरगन्ज यूथ स्पोट्स एकेडेमीलाई ५४ रनले हराउँदै उनको टिम क्वार्टर फाइनलमा पुगेको हो ।
प्रतियोगिताको प्लेअर अफ दी म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले तीन हजार रुपैयाँ पाए ।
मकालु खबर
२०८१ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित