बैंक सबल बन्न न्यूनतम नाफा हुनैपर्छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् ।
गभर्नर अधिकारीले बैंकहरु नबँचे भने सर्वसाधारणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताए । गभर्नर अधिकारीले सोमवार अर्थसमिति बैठकमा बोल्दै बैंकिङ प्रणालीलाई बचाउँदै सर्वसाधरणहरुको बचतलाई सुरक्षित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले बैंकिङ प्रणाली ९बैंक० नबँचे मुलुकमा आर्थिक संकट आउने दाबी गरे । उनले त्यसैले आर्थिक स्थिरताको लागि बैंकिङ प्रणाली धराशायी हुन नहुने जिकिर गरे । उनले बैंकिङ प्रणाली सुरक्षित र सबल हुनको लागि बैंकहरुकाले न्यूनतम नाफा कमाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बजारमा बैङ्कहरूले धेरै नाफा कमाए भन्ने गलत प्रचार भएको भन्दै राजनीतिक नेता लगायत सर्वसाधारण सबै त्यो भ्रमबाट बाहिर आउनुपर्ने बताए ।
गभर्नर अधिकारीले नाङ्गो आँखाले बाहिर देखे जस्तो बैङ्कहरूले नाफा नकमाएको दाबी गरे । उनले बैङ्कहरूको अहिले नाफा ८.५ प्रतिशत भन्दा बढी नभएको भन्दै नाफानिरन्तर घटेर गइरहेको उल्लेख गरे । उनले नेपालका बैङ्कहरूलाई विश्वका अन्य देशहरूको भन्दा धेरै नियममा राष्ट्र बैंकले बाधेको स्वीकार गरे । उनले नेपालका बैङ्कहरूलाई अन्य देशको भन्दा बढी नियमन गरेको पाउने बताए ।
उनले बैङ्कहरूले ४ प्रतिशत सम्मको सर्भिस चार्जलाई राष्ट्र बैंकले तोकेर बैङ्कहरूले ०.७५ र माइक्रो फाइनान्समा १.५ भन्दा बढी लिन नपाउने व्यवस्थाले पनि बैङ्कहरूको नाफा कम हुँदै गएको उल्लेख गरे । उनले पाँच वर्षअघि बैङ्कहरूको नाफा ६७ अर्ब रहेकोमा पछिल्लो समय वार्षिक रुपमा ६० अर्ब पनि पुग्न छाडेको बताए । उनले पाँच वर्ष भन्दा अघि बैङ्कहरूको ३० खर्बको पोर्टफोलियो बढेर ५१ खर्ब पुग्दा नाफा बढ्नुपर्नेमा उल्टो रुपमा घट्दै गएको बताए ।
उनले बैङ्कहरूले आफूखुसी कमाइरहेका छन् भन्ने कुरा गलत भएको भन्दै राष्ट्र बैंकले स्पेड दर समेत तोकेको बताए । उनले बैंकले निक्षेपकर्तालाई दिने र आफ्नो ऋणबाट लिने ब्याजको अन्तर ४ प्रतिशत भन्दा बढी हुनु नहुने व्यवस्था गत वर्षदेखि लागू गरेको बताए । उनले बैंकहरु प्रति विश्वास रहेन भने मुलुकको अर्थतन्त्र नै अस्थिर हुने खतरा रहेको बताए । उनले बैंकहरु माथि सर्वसाधारणको विश्वास कायम राख्न पनि बैंकहरु सुरक्षित,सबल हुन जरुरी रहेको बताए ।
उनले सबैको बैंक माथि विश्वास भएर सबै सम्पत्ति बैंकमा राखिएको भन्दै बैंकिङ उद्योग कोल्याप्स भयो भने सबैको विश्वास लुज हुने बताए । बैङ्कहरूको क्यापिटलको वेस ठूलो भएकाले अर्ब रुपैयाँ कमाउँदा पनि धेरै फिगरमा देखिएको गभर्नर अधिकारीको भनाई छ ।
उनले बैङ्कहरूले व्यवसायीहरूलाई कर्जाको किस्ताको रिस्टक्चरिङ दिएको तीन पटकसम्म सुविधा दिएको बताए । उनले त्यो सुविधा हुँदाहुँदै पनि बैंकका ऋणहरूलाई जोगाउनको लागि राष्ट्र बैंकले पुनः संरचना र पुनःतालिकिकरण बारम्बार दिएको बताए । उनले बैंकलाई सधैँभरि यो सुविधा दिइराख्दा भविष्यमा अर्को खालको अप्ठ्यारो आउने खतरा रहेको उल्लेख गरे ।