सन्दीपको मुद्दाको बहस अन्तिम चरणमा, फैसला आजै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणी मुद्धाको बहस अन्तिम चरणमा पुगेको छ ।

बहसलाई अदालती समयपछि पनि न्यायाधीशले निरन्तरता दिएका छन् । बहस टुंग्याएर आजै फैसला गर्ने तयारी रहेको अदालत स्रोतको दाबी छ ।

सन्दीपले सफाइ पाउनु पर्ने माग गर्दै दिएको पुर्नरावेदनमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा पेशी तोकिएको छ ।

पहिलो नम्बरमै परेको पेसीमा बिहान ११ बजेदेखि नै बहस भइरहेको छ । यो निवेदनमा बहस लामो हुने भएपछि इजलासका अन्य सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

सुनुवाइ अगाडी बढेसँगै अब भने सन्दीपको मुद्दामा उच्च् अदालतले फैसला गर्ने सम्भावना बढेको छ । यसअघि पटक पटक पेसी तोकिएर सुनुवाइ अगाडी बढे पनि फैसला भने हुन सकेको थिएन ।

जिल्ला अदलत काठमाडौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ । उक्त फैसला बदर गरेर आफूलाई सफाइ दिनु पर्ने सन्दीपको माग छ ।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *