सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने जानकारी दिएका हुन् । उनले विपद् व्यवस्थापन र जलवायु अनुकुलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्‍चालन गर्ने व्यवस्था मिलाउने बताए ।

जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्‍चालन गर्ने उल्लेख गरे । उनले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चहरूमा संवाद गरी हिमाल जोगाऔं, मानवता बचाऔं अभियानलाई निरन्तरता दिइने पनि बताए ।

उनले भने, ‘जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गरिनेछ । विपद् व्यवस्थापन र जलवायु अनुकुलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्‍चालन गर्ने व्यवस्था मिलाइनेछ । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्‍चालन गरिनेछ । जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चहरूमा संवाद गरी हिमाल जोगाऔं, मानवता बचाऔं अभियानलाई निरन्तरता दिइनेछ । भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गरिनेछ । संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकुलन तथा ऊर्जा दक्षता अभिवृद्धि गरिनेछ। जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गरिनेछ ।’

उनले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकुलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *