मिस नेपालका लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को ३० औँ संस्करण घोषणा भएको छ । ‘मिस नेपाल २०२४’का अन्तिम प्रतिस्पर्धीलाई स्यास वितरण गर्दै यो संस्करण घोषणा भएको हो ।

उत्कृष्ट २६ भित्र मिस नेपालमा सहभागी हुनका लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत पर्न सफद भएकी छन् । १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुनी यसअघि मिस एसएलसी पोखरा-२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।

उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।

सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।

‘मिस नेपाल-२०२४’ आयोजक हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, पूर्व अध्यक्षहरू सुवर्ण क्षेत्री, सुरेश बहादुर मल्ललगायतले २६ सुन्दरीहरूलाई स्यास वितरण गरेका थिए । यो वर्ष मिस नेपालमा करुणासँगै आँचल खत्री, अम्बिका राणा, अनिशा मल्ल, अञ्जना पुन, आश्मा कुमारी केसी, दीक्षा अवस्थी, दृष्टि थापा, इभा गिरी, इरिना श्रेष्ठ, किम्ती श्रेष्ठ, ललिता सेरबुजा मगर, निभिता चापागाईं, प्रसुना भुसाल, प्रिरविता स्वाँर, पुजा बराल, राधिका थापा, रोशनी दाहाल, शामिन कोइराला, सायरा खड्का, समीक्षा निरौला, श्रद्धासुमन सिलवाल, सिम्रिका मानन्धर, सुभेक्क्षा कार्की, सुमना केसी, उर्जा नेवाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *