प्रभु बैँक, न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर द्वारा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बुङ्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बुङ्लुङ्ग झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ । धौलागिरि र अन्नपूर्ण शृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बुङ्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ्ग तथा साहसिक चाहनेहरूका लागि उत्तम गन्तव्य स्थानका रुपमा लिइन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम सङ्ग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरूबाट समेत परिचित छ । त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख वासस्थान रहेको पाइन्छ ।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।