सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै यस्तो बताएका हुन् ।

उनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताए । उनले बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रश्तुत गरेको महशुस गरेको बताए ।

उनले विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रश्तुत गर्नुभएको आधारमा सांसदहरुले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको बताए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मुल आधार बनाएर बजेट ल्याएको दाबी गरे ।

उनले अर्थतन्त्र अफ्ठ्यारोबाट बिस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व आवश्यक भएकाले राजश्वमा कम क्षेत्र चलाएको बताए ।

उनले राजश्वका दर चलाएको क्षेत्र पनि उद्योग र उत्पादनको संरक्षण गर्र्ने भएको दाबी गरे ।

उनले बजेट बनाउँदा स्रोतको संकुचन महशुस गरेर बनाएको उल्लेख गरे । राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रश्तुत गरेको बताए ।

उनले गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भन्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर राम्रो रहेको बताए । उनले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको आर्थिक वृद्धिदरको प्रक्षेपणले पनि देखाएको उल्लेख गरे ।

उनले अहिले पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आउन नसकेको भन्दै सरकारले यसमा मेहनत गरिरहेको बताए ।

उनले बजेटले युवाहरुलाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *