पीएनजीले वेस्ट इन्डिजसामु जितका लागि दियो १ सय ३७ रनको लक्ष्य
मकालु खबर
२०८१ जेठ २० गते
आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ले वेस्ट इन्डिजसामु जितका लागि १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।
टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।
त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बताए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।
मकालु खबर
२०८१ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित