न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने, स्थानीयले गरे बालेनको विरोध (भिडिओ)

काठमाडौं । न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन् ।

सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न शुरु गरेसँगै विवाद भएको थियो ।

न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि बिरोध शुरु भएको बताए । उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए ।

उनले सडक विभागले सडक नकाट्नु भन्दाभन्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अहंकारले गर्दा यो स्थिति सिर्जना भएको बताए । अन्य स्थानीयहरुले महानगरपालिकाको नेतृत्वले घमण्ड देखाउँदा यो स्थिति सिर्जना भएको आरोप लगाए ।

महानगर प्रहरी फर्किएसँगै सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *