एनआईसी एसियाले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’
काठमाडौँ । एनआईसी एसिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ (Infosys Finacle Innovation Awards 2024) प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि (Innovation Awards 2024) अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ Channel Innovation Platinum) अवार्डबाट बैंक सम्मानित भएको हो ।
नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ (iServe) ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे बापत यस बैंकले १० विधामा २०० आवेदनहरूका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार आईसर्भ एनआईसीले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरू जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले प्राप्त गरेको यस सम्मानले सेवाहरूलाई अझ बढी परिष्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरू माझ पुर्याउने विश्वास बैंकले लिएको छ ।