भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।  युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमासहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए । २३ वर्षीय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ खेलमा १५ गोल गरेका थिए ।

रियल म्याड्रिडकै इङल्याण्डका जुड बेलीङघम यस सिजनको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *