नासा सेक्युरिटीजसँग एनसेलको सहकार्य, ग्राहकहरूका लागि नयाँ अवसर

काठमाडौँ । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरूका लागि नयाँ अवसर ल्याएको छ ।

यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरूले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् ।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो । सम्झौताका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरूले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्नेछन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरोसेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने कम्पनीले जनाएको छ । यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ ।

एनसेल एपको माध्यमबाट ग्राहकहरूले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरू भए राख्न सक्नेछन् ।

‘हामी हाम्रा ग्राहकहरूलाई युज केसहरू अवसरको रुपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने ।

आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैँ सहज बनाउन एनसेलले ‘सधैँ अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहित रहेको उनले बताए ।
एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढी देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोली सेयरमा लगानी गर्न सक्नेछन् ।

यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरि सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ ।

‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका
सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *