नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोज्यो, नेपालले पहिले ब्याटिङ गर्ने

आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीचको खेल केहीबेरमा सुरु हुने भएको छ। नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।

नेपाली समयअनुसार सवा ९ बजे राति सुरु हुने भनिएको यो खेल वर्षाले मैदान प्रभावित भएपछि आधाघण्टा पछि सारिएको हो।

अहिले खेल हुने डालसमा वर्षा रोकिएको छ। पौने १० बजे खेल सुरु गर्ने तयारी रहेको आईसीसीले जानकारी दिएको छ।

नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *