दिपेन्द्रले लिए भिक्रमजितको विकेट

आईसीसी टि २० क्रिकेटमा नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ।

दोस्रो ओभरमा नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाए पनि दोस्रो विकेटका लागि निक्कै संघर्ष गर्नु पर्यो।

दिपेन्द्र सिंह ऐरीले नवौ ओभरको दोस्रो बलमा भिक्रमजित सिंहलाई २२ रन जोडेको अवस्थामा एलबीडब्ल्यु धरापमा पारे।

नेदरल्याण्ड्सका ओपनर मिचेल लेभिट १ रनमै आउट भएकाथिए। उनलाई सोमपालको बलमा दिपेन्द्रले क्याचआउट गरेका थिए।

नेपालले १०७ रनको सामान्य लक्ष्य दिएको छ। नेदरल्याण्डस जित उन्मुख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *