‘पुजार सार्की’ हेरेपछि कलाकारको प्रतिक्रिया- ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

काठमाडौँ । कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरूले यस्तो बताएका हुन् । उनीहरुले जातीय विभदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरूको अन्त्य गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनीहरुले चलचित्र पुजार सार्कीले पनि समाजमा हुने विभेदका बारेमा उजागर गरेको र सबैले एकपटक हेर्नुपर्ने चलचित्र रहेको बताए । चलचित्र हेरिसकेपछि सिने पत्रकारहरू कुरा गर्दै अभिनेत्री वसुन्धरा भुसालले चलचित्रमा समाजका कुऋति, विभेदका विषयवस्तुहरू गहन ढंगले प्रस्तुत गरिएको बताइन् ।

उनले चलचित्र सबैले एकपटक हेर्नुपर्ने रहेको र कथावस्तु समाजका जनचेतना विकास गर्ने किसिमको रहेको बताइन् । अभिनेता रमेश उप्रेतीले पूजार सार्की एकदमै उत्कृष्ट चलचित्र रहेको भन्दै चलचित्रको विषय वस्तुले समाजको कथा भनेको बताए ।

उनले कलाकारहरूको अभिनय र चलचित्रले समाजमा एउटा किसिमको सन्देश दिएको बताए । उनले जातीय विभेद अन्त्य हुनुपर्ने बताए ।

चलचित्र पुजार सार्की सिनेमा पुजार सार्कीमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पल शाहसहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्य लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *