भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा
मकालु खबर
२०८१ जेठ २३ गते
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।
लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि उनले राष्ट्रपति द्रौपदी मुर्मीसमक्ष बुधवार राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति मुर्मुले मोदीको राजीनामा स्वीकृत गरिसकेकी भारतीय सञ्चार माध्यमले जनाएका छन् । पदबाट राजीनामा दिए पनि जुन ८ सम्म मोदी नै भारत सरकारका कामचलाउ प्रधानमन्त्री हुनेछन् ।
लोकसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै भारतमा नयाँ सरकार गठनको पल सुरु भएको छ ।
मकालु खबर
२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित