एनसेल र युवा परिषद्को संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय वटै रुख रोपिने

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ ।

एक युवा, एक बिरुवा अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहत् रुपमा वृक्षारोपण गरिने एनसेलले जनाएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरूप एक युवा एक बिरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक बिरुवा वृक्षारोपण गर्नेछन् । र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिने जनाएको छ ।

वृक्षारोपण गरिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिश्चित गर्ने विश्वास रहेको एनसेल र युवा परिषद्ले जनाएको छ ।

सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

‘आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरूको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणा सँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौ । यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामीण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउँदा खुसी लागको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत ऐक्यबद्धता गराउने उद्देश्यका साथ यो अभियान संचानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ ।

लामो समयदेखि युवाका क्षेत्रका क्रियाशील परिषद्ले विभिन्न तहमा युवालाई जोडेर विगत लामो समय देखि नै वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा समेत कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *