सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलाको १ लाख ४५ हजार पुग्यो
मकालु खबर
२०८१ जेठ २५ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको कीर्तिमान तोड्दै आज नयाँ कीर्तिमान कायम गरेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।
मकालु खबर
२०८१ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित