युगाण्डा ३९ रनमै अलआउट, वेस्ट इण्डिजले १३४ रनले जित्यो खेल

काठमाडौं । आईसिसी टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले शानदार जित हात पारेको छ । समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगाण्डा रनमै समेटिएपछि वेष्ट इण्डिजले शानदार जित निकालेको हो ।युगाण्डाले निर्धारित

ओभरको १२ ओभरमै अलआउट हुँदै समेटियो र उसले ३९ रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि कुनैप नि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरुदेखि नै कमजोर देखिएको युगाण्डाका जुमा मियागी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न नसक्दा नराम्रो पराजय हो ।

युगाण्डालाई सस्तोमै समेट्न वेष्ट इण्डिजका अकिल होसेनले जम्मा ११ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने अलजारी जोसेफले २ विकेट हात पारे । रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान १-१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेष्ट इण्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो ।

वेष्ट इण्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए । त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२-२२ रन जोडे ।

यता युगाण्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १-१ विकेट हात पारे । हालसम्म ३ खेल खेलेको युगाण्डाले एक खेलमा मात्रै जित हात पारेको छ भने २ खेल खेलेको वेष्ट इण्डिजले दुबैमा जित हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *