पे वल र सजिलो पे का ६ कर्मचारी पक्राउ

दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ परेका छन्।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पताल भर्ना भएका छन्।

उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेको छ।

सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अवैध सुन तस्करीको खरिद बिक्रि कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको सीआईबीले जनाएको छ ।

सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको छ। अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो ।

सीआईबीको पत्रपछि राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पीनीको बैंक खाता रोक्का गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *