रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हरायो

काठमाडौं । भारत आइसिसी ट्वान्टी-२० विश्वकपमा समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । चिर-प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै भारतले शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार न्युयोर्कमा सम्पन्न खेलमा जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् ।

टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । ट्वान्टी-२० विश्वकपको इतिहासमा पाकिस्तानले पहिलोपटक भारतलाई अलआउट गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *