फणीन्द्र र मनाङे मन्त्री बन्दै, मंगलबार शपथ हुने
मकालु खबर
२०८१ जेठ २८ गते
पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्दैछन् । उनीहरूलाई मंगलबार शपथ गराउने तयारी गरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटाले मत दिएका हुन् ।
मकालु खबर
२०८१ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित