गण्डकीमा फ्लोर क्रस गर्ने फणीन्द्रलाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधेको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशनसहित स्पष्टीकरण सोधेको हो ।

देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो ।

जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । फणीन्द्र नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद भएपनि उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *