विद्यालयमा पढ्न र पढाउन छाडेर धामी झाँक्रीको रमिता !

काठमाडौं । विद्यालयमा नयाँ ज्ञान,गुण सिक्ने थलो हो । सामान्यतया कसैलाई विद्यालयमा के हुन्छ ? भनेर प्रश्न गरियो भने त्यसको एउटै उत्तर आउँछ – पढाइ हुन्छ । कहिले कसो अन्य अतिरिक्त क्रियाकलाप पनि हुन्छन् ।

तर, अछामको एक विद्यालयमा भने त्यो भन्दा फरक देखियो । ढकारी गाउँपालिका वडा नम्बर १ रिमाको विश्व ज्योति आधारभूत विद्यालयका छात्रा छात्रले धामी झाँक्रीको भेषमा रमिता देखाएका छन् । भिडिओमा देखिएअनुसार एक बालिका बिरामी अवस्थामा छन् भने दुई बालक झाँक्रीको रुपमा काँपी रहेका छन् ।

बालिकाको उपचार गर्ने निहुँमा उनलाई चड्कन लगाउने र भुत्ल्याउने गरिएको दृश्य भिडिओमा देख्न सकिन्छ । झाँक्री मार्फत बिरामी बालिकाको उपचार गरिरहेको देखिने भिडिओ विद्यालयको ल्याब कक्षमा खिचिएको छ । त्यहाँ अन्य विद्यार्थी र शिक्षकहरू पनि छन् । उनीहरूले स्थानीय भाषामा बिरामी बालिकालाई सन्चो बनाउन आग्रह गरिरहेको सुन्न सकिन्छ ।

झट्ट हेर्दा अनौठो लाग्ने यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको । यसबारेमा चर्चा र विभिन्न टीकाटिप्पणी पनि भइरहेको छ ।

यस विषयमा विश्व ज्योति आधारभूत विद्यालय प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *