मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता गरे।

उनले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गरे । यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी  राउतले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।

गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *