आइसिसी टी-२० विश्वकपमा इङ्ल्याण्डले ओमानलाई १९ बलमै हरायो

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानले दिएको ४८ रनको लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३.१ ओभरमा भेट्टाएको हो । विश्वकप इतिहासमा यो ऐतिहासिक जित हो ।

ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि कप्तान जोस बट्लरले नटआउट ८ बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए । सुरुको दुई बलमा छक्का प्रहार गरेका फिल साल्ट ३ बलमा १२ रन जोडेर आउट भए । विल ज्याक्सले ७ बलको सामना गर्दै ५ रन जोडे भने जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे ।

पहिले ब्याटिङ गरेको ओमान १३.२ ओभर खेल्दै ४७ रनमा अलआउट भएको थियो । उसका लागि सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डका लागि आदिल रसिदले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडले तीनतीन विकेट लिए । उनीहरुले १२-१२ रन खर्चिएका थिए ।

समूह ‘सी’मा रहेको इंग्ल्याण्डको यो पहिलो जित हो । नेट रनरेट राम्रो बनाएको उसले यो जितसँगै ३ अंक जोडेको छ । सुपर ८ मा पुग्न अब इंग्ल्यान्डले अर्को एक खेलमा नामिबियालाई पराजित गरेर मात्र हुँदैन ५ अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्ड सुपर ८ पुगिसकेको शीर्ष स्थानको अस्ट्रेलियासँग पराजित हुनुपर्छ ।

तेस्रो स्थानमा रहेको नामिबियाले तीन खेल खेल्दा दुई अंक जोडेको छ । समूह चरणको अन्तिम खेल खेलेको ओमान बिना अंक विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *