दक्षिण अफ्रिकासँग भिड्नुअघि सन्दीपसहित नेपाली टिम अभ्यासमा (तस्बिरहरु)

काठमाडौं । विश्वकपमा नेपालले भोली दक्षिण अफ्रिकाको सामना गर्दै छ । खेल भोली बिहान नेपाली समय अनुसार शनिवार बिहान ५ः१५ बजेबाट सुरु हुने छ ।

दक्षिण अफ्रिकासँग खेल्नुअघि नेपाली टिम अभ्यासमा व्यस्त छ । नेपाली टिमले स्टार स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको हो ।

अमेरिकाले भिसा नदिएपछि सन्दीप क्यानडा हुँदै वेस्ट इन्डिज गएका थिए । उनले त्यहाँ समूह चरणका दुई खेल खेल्नेछन् ।

नेपालले सुपर ८ मा पुग्न अबका दुवै खेल जित्नुपर्नेछ । भोलि सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

दुवै खेल जितेमा नेपालको ५ अंक हुनेछ यो सुपर ८ का लागि पर्याप्त छ ।

कप्तान रोहित पौडेलले पनि दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा उत्रिने बताएका छन् ।

सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै उनले दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताए ।

सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको उनको भनाई छ । नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५ः१५ बजेदेखि खेल्दैछ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुनेछ ।

तस्बिर : क्यान

प्रतिक्रिया

One thought on “दक्षिण अफ्रिकासँग भिड्नुअघि सन्दीपसहित नेपाली टिम अभ्यासमा (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *