भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला’ सुरु (तस्बिरहरू)

काठमाडौँ । आजदेखि ‘नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला’ सुरु भएको छ ।

शुकबार भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा ‘‘नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला’ सुरु भएको हो ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपाल सहित १६ देशका १५० विक्रेता र २५० क्रेताको सहभागिता रहने छ । प्रदर्शनीमा १ हजार भन्दा बढी आगन्तुकको सहभागिता रहने आयोजकको अनुमान छ ।

समिट इभेन्ट्स एन्ड मार्केट्सले आयोजना गरेको मेलालाई नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका लगायतका संघसंस्थाहरुले सहकार्य गरेका हुन् । प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *