महालक्ष्मी बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार पोखरा–२६, कास्कीमा अवस्थित Lekhanath City Hospital Pvt. Ltd. मा General Bed मा २५ % , Cabin, Post – OP & Lab मा १५ %, ICU मा १० %, Surgeries & Pharmacy मा ५ % छुट सम्झौता रहेको छ ।

त्यस्तै ललितपुर–३, पुलचोकमा अवस्थित Oro Plus Dental Clinic मा Regular Treatment मा १०%, Specialized Treatment मा ५ %, छुट हुनेछ ।

अर्को बुटवल–५, रुपन्देहीमा रहेको A & A Health Club मा Food Supplement मा ५ % , 3 Months Advance Fee मा १० %, 6 Months Advance Fee मा १५ %, 12 Months Advance Fee मा १९ %  छुट उपलब्ध हुनेछ ।

त्यस्तै तिलोत्तमा–५, मणिग्राममा अवस्थित NG Markets मा Garments मा १०%, Household & Electronics Appliance मा ५%, FMCG Food/Fresh Products मा १.५ %, र FMCG Non Food मा २% , छुट हुनेछ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षर।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *