फणीन्द्र देवकोटा पदमुक्त, गण्डकी सरकार अल्पमतमा

काठमाडौं । गण्डकी प्रदेश सरकार फेरी अल्पमतमा परेको छ ।

प्रदेशभा सदस्य फणीन्द्र देवकोटालाई माओवादीले कारबाही गरेसंगै उनि पदमुक्त भएका छन् । यससंगै गण्डकी सरकार अल्पमतमा परेको हो ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेको थियो ।

सोही आधारमा आज बसेको प्रदेश सभा बैठकमा प्रदेशका सभामुख कृष्णप्रसाद धितालले माओवादीले उनलाई प्राप्त सिफारिसका आधारमा कारबाही गरिएको जानकारी गाएका हुन् । त्यससँगै उनी पदमुक्त भए ।

गत निर्वाचनमा गोरखा–२ (१) बाट नेपाल समाजवादी (नेसपा) का देवकोटा माओवादीको चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने ह्वीप जारी गरेको गरे पनि देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

उनलाई सो विषयमा माओवादीले स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नपाएको भन्दै माओवादीले आज कारबाही गरेको हो ।

उनी हाल गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका छन् ।

उनी पदमुक्त भएसँगै अब गण्डकी सरकार फेरी अल्पमतमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *