अज्ञात समूहद्वारा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा मृत्यु भएको छ।

शुक्रबार साँझ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेको थियो। घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए।

उनको पिठ्युँमा गोली लागेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्ज लगिएको थियो। उनको वीरगन्ज न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *